२०८१ बैशाख २१ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २१
Fri May, 2024

जसपाको विधान अधिवेशन आजबाट सुरू हुँदै

काठमाडौं, १० असार । आजबाट जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को विधान अधिवेसन सुरू हुँदैछ । आजदेखी सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रिय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरे पछि आजको विधान महाधिवेसनमा पेश हुन लागेको हो ।

 सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेसन आजदेखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ ।

 आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदै छन् ।

 विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ । पटक पटक सर्दै आएको सो विधान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com