२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि आज पनि भएन सुनुवाइ

काठमाडौं, २९ जेठ । आज पनि सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सुनुवाइ भएन । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन नसकेको हो । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com