२०८१ बैशाख २१ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २१
Fri May, 2024

काठमाडौ, ७ असार । सेयर बजार ४.७५ अंकले बढेको छ । आज नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५२ बिन्दुमा पुगेको छ । २२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ।

चारबाहेक सबै उपसूचक राताम्मे भएको छ। होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ। त्यस्तै, जीवन बिमा कम्पनी, निर्जिवन बीमा र अन्य क्षेत्रको उपसूचकमा सुधार देखिएको छ।

सोल्टी होटलमा लगानीकर्तहरुको आकर्षण बढी देखिएको छ । हिमालयन डिष्टलरी, शिवम् सिमेन्टस्, आइएमयृ प्रुडेन्सियल, नागरिक लगानी कोष, तारागाँउ रिजेनसी, सूर्या ज्योति लाइफ, नेपाल लाइफ, ओरियन्टल होटल र एशियन लाइफको सेयर सर्वाधिक कारोबारको लिस्टमा पर्न सफल भएको छ।

सिटिजन्स म्युचूअल फण्ड १ को शेयरमूल्य सर्वाधिक घटेको छ । फण्डको शेयरमूल्य ८।४१ प्रतिशतले घटेको छ । इङ्वा हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, कालिका पावर कम्पनी, एनआईबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको सेयरमूल्यमा सामान्य गिरावट आएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com