२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

प्रधानमन्त्री दाहाल र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता

काठमाडौ, ७ असार । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्दबचि भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेट वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताईएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुवै नेताबीचमा गम्भीर छलफल भएको छ । दुबै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको जनाईएको छ । विप्लवसहित माओवादी केन्द्र जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि नेपालको राजनीतिमा उथलपुथल मच्चिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com