विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

भक्तपुरकाे सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जीवन अर्यालसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय ४५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
लमजुङकाे दोर्दी गाउँपालिका-४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार राना समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।