२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

त्रिभुवन विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔषध चरेसहित जर्मन नागरिक पक्राउ

काठमाडौं, २९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जर्मन नागरिक ६ किलोभन्दा बढी लागुऔैषध चरेससहित पक्राउ परेका छन् । आज टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएका प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।

सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो । यसपछि चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।विमानस्थल प्रहरीले पक्राउ परेका ती जर्मन नागरिकतालाई लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com