२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्यो

काठमाडौं,जेठ २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाली चलेको छ । आज दिउँसो गोली चलेको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले न्युजकारोबारलाई जानकारी दिए ।

अधिकारीका अनुसार लागुऔषध कारोबार गर्ने व्यक्तिले प्रहरीलाई गोली हान्ने प्रयास गरेपछि नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको हो ।विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।

नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको हो ।

खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ । पक्राउ परेका को हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com