२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

नेपाल श्रीलंका र पाकिस्तान जस्तो बन्ने हो कि भन्ने खतरा : रघुजी पन्त

काठमाडौं, २५ जेठ ।  नेपालको चुरे पर्वतको खनिज सामग्री नबेच्न नेकपा (एमाले) का सांसद रघुजी पन्तले अर्थमन्त्रीलाई सचेत गराएका छन् । आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले देशको प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने बन्दै चुरे पर्वत नचलाउन चेतावनी दिएका हुन् । चुरे चलाए देशमा आगो बल्ने सांसद पन्तले चेतावनी दिएका हुन् ।

उनले नेपाल श्रीलंका र पाकिस्तान जस्तो बन्ने हो कि भन्ने खतरा रहेको बताए । अहिले नेपालको आर्थिक सूचकाङ्कहरू कुनैपनि सकारात्मक नरहेको बताउँदै सांसद पन्तले भने,‘न निजी क्षेत्र बलियो छ, न सरकारी क्षेत्र बलियो छ, सहकारीलाई त यो बजेटले सम्बोधन नै गरेकै छैन । यो बजेटमा समाजवाद भन्ने शब्द नै उहाँले बिर्सिदिनु भएको छ । समाजवाद शब्द राख्दैमा अहिल्यै समाजवादमा पुगिने कुरामा विश्वास त राख्दिन तर राष्ट्रिय पुँजीको व्यवस्था त अहिलेदेखि नै गर्नुपर्‍यो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com