२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

नेकपा एमाले सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं, ३० असार । आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भईरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाईएको हो । बैठकले सांगठानिक संरचना, केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा अन्य बिषयमा छलफल गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com