२०८१ बैशाख २३ - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख २३
Sun May, 2024

म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाद्वारा तीन लाख अमेरिकी डलर प्रदान

काठमाडौ, १९ जेठ ।  म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

म्यान्मा सरकारले चक्रवात मोचाबाट प्रभाावित भएकाहरूका निम्ति जारी राखेको सहायता कार्यक्रममा थप सहयोग गर्न मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गरिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चक्रवात मोचाबाट म्यान्माको रखाइन राज्यमा सयौँले ज्यान गुमाएका छन्भने भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । सहायता रकम कम्बोडियाका लागि म्यान्माका राजदूतलाई विदेश मन्त्रालयमा हन्तान्तरण गरिएको हो । चक्रवाताका काण म्यान्मामा भएको जनधनको क्षतिप्रति कम्बोडियाले गहिरो दुःख व्यक्त गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com