२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

काठमाडौ, १९ जेठ । लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । नेपाली बजारमा आज पनि सुनको भाउ नयाँ उचाइ पुगेकोछ । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। यो सातामात्रै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको भाउ लगातार बढिरहेको छ। आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com