२०८१ बैशाख २२ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २२
Sat May, 2024

चेन्नइमा मिचेङ चक्रावतः पाँचको मृत्यु, उडानहरू रद्द

काठमाडौं । चक्रवात मिचोङको प्रकोप देशका दक्षिणी राज्यहरुमा देखिएको छ । भारतको चेन्नईमा भारी वर्षा र तेज हावाहुरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । धावनमार्गमा पानी जमेका कारण विमानस्थलको उडान सञ्चालनमा समेत असर परेको छ भने धेरै उडान रद्द गर्नुपरेको छ ।

तमिलनाडु सरकारले चेन्नई, कांचीपुरम, तिरुवल्लुर र चेंगलपट्टु जिल्लामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ। यसले मिचोङलाई ध्यानमा राख्दै निजी कम्पनीका कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरेको छ। दूध आपूर्ति र स्वास्थ्य सुविधाजस्ता अत्यावश्यक सेवाहरू सञ्चालनमा रहने छन्। मौसम विभागका अनुसार यो सोमबार गम्भीर चक्रवाती आँधीमा परिणत भएको र मंगलबार बिहान दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्ने सम्भावना रहेको छ ।

सोमबार मात्रै केन्द्रीय गृहमन्त्री अमित शाहले तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका मुख्यमन्त्रीहरूसँग चक्रवात मिचोङबाट उत्पन्न चुनौतीहरूबारे छलफल गरेका छन । उनले अवस्था समाधानका लागि केन्द्र सरकारबाट सहयोग गर्ने आश्वासन दिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com