२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व : आयोग

काठमाडौं । अपाङ्गमैत्री वातावरण निर्माण गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आज आयोगका सहसचिव तथा प्रवक्ता डा.टीकिाराम पोखरेलले ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइरहेको ३२औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गरेको हो ।

‘नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र समेत भएको हुँदा ती महासन्धिका प्रावधान, नेपालको संविधान, आपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अन्य कानून र नीतिहरुले व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हुन्छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

आयोगले नेपाल सरकारलाई विभिन्न समयमा शहरी क्षेत्रका सबै सडक, भवन तथा अन्य भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने गरी निर्माण गर्न अपाङ्गता भएका व्यक्तिको परिचयपत्र नियमित र व्यवस्थित रुपमा प्रदान गर्न, अपाङ्गता भएका व्यक्तिहरुको यकीन तथ्याङ्क सङ्कलन गरी सोही अनुरुपको नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्न अनुरोध समेत गरेको छ ।

साथै शिक्षा, स्वस्थ्य, रोजगारीलगायतका क्षेत्रमा पहुँच कायम गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारहरुको संरक्षण र संवद्र्धन गर्न सिफारिश गरेको समेत आयोगलाई स्मरण गराएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com