२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

सामाजिक सुरक्षा कोषमा ४४ अर्ब बढी रकम संकलन

काठमाडौं । आजदेखि सामाजिक सुरक्षा कोषले ५ वर्ष पुरा गरेर छैटौँ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्वसको अवसरमा आयोजित कार्यक्रममा दिएको जानकारी अनुसार ५ वर्षको अवधिमा कोषमा आवद्ध हुने श्रमिकको संख्या ९ लाख २८ हजार ४५३ जना पुगेको छ ।

वि।स २०७६ साल चैत ७ गते बाट सञ्चालन सञ्चालनमा आएको कोषले अहिलेसम्म ४४ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको जनाएको छ । त्यस्तै कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।

यो अवधिमा वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएका छन् । गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको थियो ।

वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून देखिएको कोषले जनाएको छ । तर, वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए ।

कोषले असोज १७ गतेदेखि देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी स्थानीय तह अन्तर्गतका अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी कोषमा आबद्धताका लागि पत्र पठाएको थियो । जसअनुसार हालसम्म ६ वटा स्थानीय तहले कोषमा आबद्धताका लागि सहमति जनाई पत्राचार समेत गरिसकेका छन् भने २ स्थानीय तह आबद्धताका लागि प्रक्रियामा रहेका छन् ।

आबद्धताका लागि पत्राचार गर्ने स्थानीय तहहरूमा फेदिखोला गाउँपालिका स्याङ्जा, भीमफेदि गाउँपालिका मकवानपुर, वीरगन्ज महानगरपालिका पर्सा, जितपुर सिमरा उपमहानगरपालिका बारा, बर्दिबास नगरपालिका महोत्तरी, मरिन गाउँपालिका सिन्धुली रहेको कोषले जनाएको छ । त्यस्तै प्रक्रियामा रहेका स्थानीय तहहरूमा तारा खोला गाउँपालिका बागलुङ र बुढानीलकण्ठ नगरपालिका काठमाडौं रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com