२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

नेपाल वेयर हाउजिङ्ग र मुक्तिनाथ कृषि कम्पनीको आइपिओमा मागभन्दा अधिक आवेदन

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुलाएको आइपिओमा मागभन्दा अधिक आवेदन परेको छ । दुवै कम्पनीले कार्तिक १० गतेदेखि कार्तिक २४ गतेसम्म आइपिओ निष्कासन खुला गरेका हुन् ।

यसैगरी नेपाल वेयरहाउजिङ्ग कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ३७ हजार ५०० कित्ता प्राथमिक निष्कासन खुला गरेकोमा १२ हजार नौ सय ९९ आवेदकले तीन लाख ४३ हजार ६ सय ९० कित्ताका लागि आवेदन माग गरेका छन् । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीले एक सय रुपैयाँ अङ्कित एक लाख ४० हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन खुला गरेको थियो । पछिल्लो तथ्यांक अनुसार उक्त कम्पनीको आइपिओमा १३ हजार दुई सय ७७ आवेदकले तीन लाख ३४ हजार सात सय ९० कित्ताका लागि आवेदन माग गरेका छन् । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com