२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

भोलिदेखि सेयर लिलामी बिक्री खुला गर्दै नेसनल हाइड्रोपावर कम्पनी

काठमाडौ, १२ भदौ । नेसनल हाइड्रोपावर कम्पनीको बुधबारदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद भदौ २४ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेसनल हाइड्रोपावरले गत असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै, यसको आवेदन संकलन हुने बाँकी केन्द्रहरु यी रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com