२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाइयो

काठमाडौं, १० भदौ । धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी) ले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ । धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको थियो । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानैबाट धरानमा चहलपहल शुरु भएको हो ।

साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com