२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

राज्यले ०.१६ प्रतिशत मात्रै बजेट युवाहरुको हकमा छुट्याएको छ :  तोसिमा कार्की

काठमाडौं भदौ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले राज्यले ०.१६ प्रतिशत मात्रै बजेट युवाहरुको हकमा छुट्याएको बताएकी छिन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर महानगरपालिकाको वडा भेला तथा समिति गठन कार्यक्रममा सांसद कार्कीले युवाहरुलाई देशभित्रै राख्न आवश्यक भएको भन्दै त्यसको लागि राज्यले वातावरण सिर्जना गर्नुपर्ने बताइन् ।

यस्तै उनले विज्ञ मानिसको अभावका कारण नै देश यो अवस्थामा पुगेको भन्दै अबको राजनीति विज्ञहरुले गर्ने राजनीति हुनुपर्ने उल्लेख गरेकी छन् । उनले भनिन्, विज्ञ मानिसको अभावका कारण नै देश आजको अवस्थामा पुगेको छ । स्वास्थ्य घर घरमा पुग्न सकेको छैन्, गुणस्तरीय शिक्षा हासिल गर्न सकेको छैन्, त्यसकारण अबको राजनीति भनेको विज्ञहरुले गर्ने राजनीति हुनुपर्छ । युवाहरुलाई देशमा राख्न राज्यले हेर्नुपर्छ नि ४२ प्रतिशत युवाहरु भएको देशमा ०.१६ प्रतिशत मात्रै बजेट छुट्याएको छ युवाको हकमा त्यो बजेटले युवा देशभित्र बस्छन् त । हामीले वृद्ध र बालबालिकाको देश मात्रै बनाउँन खोजेको हो । ’

रास्वपाले देखेको सपना साकार गर्नको लागि रास्वपाको सरकार हुनु आवश्यक भएको सांसद कार्कीको भनाई छ । उनले अहिलेको जस्तै साथ र सहयोग हुने हो भने त्यो सपना २०८४ सालमा पूरा हुने बताइन् । सांसद कार्कीले ८४ मा रास्वपाको सरकार बन्ने र त्यो सरकारले राष्ट्र बनाउँने दाबी गरेकी छन् ।

उनले भनिन ‘ रास्वपाबाट केही हुदैँन भन्ने जस्तो टिप्पणी पनि आएको छ, राजनीतिक विश्व विद्यालयमा रास्वपा भर्ना मात्रै भएको छ, परीक्षा दिँनै पाएको छैन् । परीक्षापश्चात मात्रै गर्न सक्छ कि सक्दैन् भन्ने कुरा थाहा हुन्छ । हिजो मत क्रान्ति गरेका थियौं, आज दल क्रान्ति गरेर हेरौं मात्रै एक कार्यकालमा यो देशको कायापलट हुन सक्छ सम्भव छ । रास्वपाको विधानमा ५१ प्रतिशत युवाको सहभागितालाई प्राथमिकतामा राखेका छौ । ती युवा भनेको अहिलेका पढेका लेखेका, जानेका बुझेका युवाहरु हुने छन् र ती युवाहरुले नै देशको मुहारहरु फेर्न सक्छन् । ’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com