२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैकले लचकता देखाएको छ : गर्भनर

काठमाडौ, १४ साउन । निजी क्षेत्रतर्फ ११.५ प्रतिशतको कर्जा वृद्धि हुने लक्ष्य राखेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा गभर्नर अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैकले लचकता देखाएको उल्लेख गरेका छन् ।

गभर्नर अधिकारीले भने ‘ अन्य बैंकको तुलनामा हामी अलि लचक भएका छौं । गत वर्षको तुलनामा अवस्था अलि सहज हुँदै गएको छ । हाम्रो अर्थतन्त्रमा परेको असर र मनोवल गिरेको अवस्था छ । त्यसलाई पनि कही कतै प्रश्रय दिन सकिन्छ की भनेर हामीले यति रेट घटाइराख्दा भन्ने हिसावले हामीले यो दरलाई अति तल झारेका छौं ।

त्यसैगरी गभर्नर अधिकारीले भने, समग्रमा ११.५ प्रतिशतको कर्जा निजी क्षेत्रतर्फ वृद्धि हुने लक्ष्य हामीले राखेका छौं । ’ गभर्नर अधिकारीले प्रत्येक वर्ष मौद्रिक नीतिले लिएको लक्षलाई आफ्नो आफ्नो कार्ययोजनामा कार्यन्वयन गर्ने हो भने लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com