२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्छ :  सहमहामन्त्री पाण्डे

काठमाडौ, १२ असार । लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको भनाई छ । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने उल्लेख गरेका छन् ।

सहमहामन्त्री पाण्डेले भने, “जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो । त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ ।”कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्ने जिकिर गरेका छन् । उनले भने , “पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ ।”

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com