२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

ग्रीसमा डुंगा दुर्घटना : ३ सय पाकिस्तानीको मृत्यु पछि मानवतस्करमाथि अपरेशन

काठमाडौ, ५ असार । ग्रीसमा डुङ्गा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करलाई पक्राउ गर्न थालेको छ । यस सम्बन्धमा एक सरकारी अधिकारीले ग्रीसमा डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश पाकिस्तानी रहेको र उनीहरु गैरकानुनी रुपमा युरोप जाने गरेको बताए ।

यद्यपी ग्रीसबाट मृत्यु भएकाहरुको यकिन संख्याको जानकारी भने पाउन सकेको छैन । उक्त दुर्घटनामा १२ जना पाकिस्तानी नागरिकले पौडी खेलेर ज्यान बचाएको अधिकारीले बताएका छन् । तर, अवैध रुपमा युरोप पठाउने १२ मानव तस्करलाई सरकारले पक्राउ गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने ‘मानव बेचबिखन सहने छैन, यसमा संलग्न सबैलाई कडा कारबाही गरिने छ ।’ पाकिस्तानले ग्रीसमा भएको दुर्घटना र ज्यान गुमाउने व्यक्तिप्रति समवेदना प्रकट गर्दै एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । गत शुक्रबारदेखि मानव तस्करविरुद्ध कारबाही भइरहेको एफआइए अधिकारीले बताए । प्रहरीले अहिलेसम्म १२ जना संदिग्धलाई पक्राउ गरेको छ ।

 डिआइजी आलम शिनवारीले मानव बेचबिखनमा संलग्नलाई पक्राउ गर्न ठूलो अभियान चलिरहेको सञ्चारकर्मीलाई बताए । ‘पाकिस्तानमा मानिसलाई ठूला सपना देखाएर अन्य देशमा पठाउने काम भइरहेको थियो,’ उनले भने, ‘यी सबै ठगी गर्नेलाई सरकारले कडा कारबाही गरिरहेको छ ।’

दुर्घटनामा परेको डुंगामा पीओके (पाकिस्तान प्रशासित कश्मीर) को खुरैरट्टा र चर्होईका २१ जना पाकिस्तानी नागरिक थिए।युरोपमा मानव बेचबिखनमा संलग्न चौधरी जुल्कारनैन, तलत कियानी र खालिद मिर्जाजस्ता उच्च प्रोफाइल नामहरूसहितका केही पाकिस्तानीहरू समावेश रहेको अनुसन्धान अधिकृतलाई बताएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com