‘छड्के २.०’को आधिकारिक टिजर सार्वजनिक (भिडियो)

चलचित्र ‘छड्के २.०’को टिजर सार्वजनिक भएको छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा अनमोल केसी मुख्य भुमिका रहेको देखिन्छ। एक्सनप्रधान रहेको फिल्म ‘छड्के २’को टिजर एक मिनेट ४५ सेकेण्ड लामो रहेको छ ।
रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथालाई टिजरमा देख्न सकिने छ। ‘हाम्रो बारीको स्याउ हामीले पनि बेच्न पाउनुपर्छ । हाम्रो डाँडाको यार्सा हामीले पनि टिप्न पाउनुपर्छ,’ भन्ने एक पात्रको अभिव्यक्तिले समग्र फिल्मको कथावस्तुलाई दर्शाएको छ ।
आगामी फागुन १९ गते रिलिज हुने चलचित्र ‘छड्के २.०’ को छायांकन हिमालपारिको जिल्ला मनाङमा गरिएको हो। फिल्ममा अनमोल केसी सहित रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको मुख्य भुमिका रहेको छ । ‘छड्के २।०’ आगामी हुँदैछ ।
टिजर हेर्नुहोस: