२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

पोखरामा अन्तराष्ट्रिय विमानस्थलको प्रभाब : अब मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ

पोखरामा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आएसँगै सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान मान्द्रेढुंगामा स्थानान्तरण भएको छ । अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए । ‘जहाजको सुरक्षा पहिलो सर्त हो । उडान नै अप्ठ्यारोमा पर्ने गरी प्याराग्लाइडिङलाई आकाश छोड्न सकिँदैन,’ उनले भने, ‘सकेसम्म पोखराबाट प्याराग्लाइडिङ नहटाऔं भनेर मान्द्रेढुंगा सारेका छौं ।

मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान पामेमा अवतरण गरिएको छ । नेपाल हवाई खेलकुद संस्थाका अनुसार प्राधिकरणले ६ हजार फिट भन्दा माथि उड्न नपाउने गरि मापदण्ड तोकिदिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com