शरणार्थी प्रकरणमा कारबाही माग गर्दै संसद् भवन अगाडि प्रदर्शन, एक दर्जन बढी पक्राउ

काठमाडौं, ३२ जेठ । कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन ।
शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई पनि कारबाही नगरी छाड्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा विगत एक सातादेखि बहस जारी छ । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् । बहस सकिएपछि थुनछेकबारे आदेश जारी हुनेछ ।