२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

 

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आज सर्वोच्च अदालतले दर्ता गरेको हो । गत शुक्रबार रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार आज रिट दर्ता गरिएको निवेदक विष्टले जानकारी दिए ।

नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरेर युद्धअपराध गरेको दाबी गर्दै रिट निवेदनमा प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गरिनुपर्ने माग गरिएको छ । आज दर्ता भएको उक्त रिटमाथि मंगलबार सुनुवाइको मिति तोकिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com