२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

सुदूरपश्चिम प्रदेशमा आम हडतालको प्रभाव, आठ जना बन्दकर्ता पक्राउ

काठमाडौं,जेठ २८ गते । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । सुदूरपश्चिम प्रदेशमा आम हडतालको सामान्य प्रभाव परेको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । प्रहरीले आठ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।

आज बिहान प्रदेश संसद् भवन बाहिर ढुङ्गा हान्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो । आम हडतालका कारण लामो दूरीका गाडी चलेका छैनन् । यस्तै, छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । कैलालीमा आम हडतालको असर धेरै परेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com