२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

काठमाडौं, २७ जेठ । मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका मन जितेका अष्ट्रलियाली अभिनेता क्रिस हेम्सवर्थले ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर र रामचरणसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

हाल ‘एक्सट्रेक्सन २’को प्रचारमा व्यस्त क्रिसले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ हेरेपछि दुई अभिनेतासँग सहकार्यको चाहना व्यक्त गरेका हुन् । ‘हालैमात्र मैले आरआरआर हेरें । मलाई लाग्छ कि यो फिल्म अविश्वसनीय थियो । मलाई यो कुराको दुःख छ कि मलाई दुवै अभिनेताको नाम थाहा छैन । उनीहरु कमालका थिए ।

उनीहरुसँग अभिनय गर्ने मौका पाए म आफूलाई भाग्यमानी सम्झन्थें’, उनले भनेका छन् ।क्रिस अघि ‘गार्डियन अफ ग्यालेक्सी’का निर्देशक र डिसी स्टुडियोका सहअध्यक्ष जेम्स गुनले पनि जुनियर एनटीआरसँग सहकार्य गर्न चाहेको बताएका थिए ।

‘आरआरआर’ गत वर्षको ब्लकबस्टर फिल्ममध्येमा पर्दछ । फिल्मले ‘गोल्डन ग्लोब’ र ‘ओस्कार’ दुवैमा ‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको थियो । फिल्ममा अजय देवगन र आलिया भट्टको पनि अभिनय थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com