प्रतिनिधिसभा बैठक सर्यो

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको आज बस्ने बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको उनले जारी गरेको सूचनामा उल्लेख छ ।