२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, २२ जेठ । आइतवार ५० भन्दा बढि अंकको सुधार आएको शेयर बजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार १७ अंकले ओरालो लागेको छ । आज शेयर बजार परिसूचक १७ दशमलव ३८अंकले घटेर १९०१ दशमलव ९९ विन्दुमा पुगेको छ ।

आज २७७ कम्पनीका ५६ लाख २० हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९५ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स २ अंकको गिरावट आएको छ । आज २ दशमलव ८८ अंकले गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३६२ दशमलव २२ बिन्दुमा पुगेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइआइ प्रडेन्सियल इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com