२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि

 

काठमाडौ, २१ जेठ । नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा जेठ २२ गते बस्दैछ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १०ः३० बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश रहेको छ ।

साथै सभामार्फत गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयब्यय तथा नगद प्रवाह सम्बन्धी सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ जेठ ११ गते बुकक्लोज गरिसकेको छ । यसर्थ जेठ १० गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com