२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

मोदीसँग तीन पटक भेट गरेपछि मात्रै बिग्रन लागेको परिस्थिति सहज बन्यो :  प्रधानमन्त्री दाहाल

काठमाडौ, १९ जेठ । समकक्षी नरेन्द्र मोदीसँग तीन पटक भेट गरेपछि मात्रै धेरै कुराको लागि वातावरण सहज बनेको भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन्। प्रधानमन्त्री दाहालले आज नयाँ दिल्लीमा नेपाली पत्रकारसँग गरेको कुराकानीमा समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै तीन पटक भेट गरेर विग्रन लागेको परिस्थितिलाई धेरै कुरामा सहज बनाएको बताएका हुन् ।

बिहीबार नेपाल र भारतीय प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनको क्रममा नेपाल र भारतबीच ऊर्जा र पारवहन लगायत सातवटा विभिन्न विषयमा सम्झौता र समझदारी भएको छ। जसमा उर्जा र पारवहन क्षेत्रमा गरिएको सम्झौता नेपालका लागि दीर्घकालीन र लावदायी रहेको नेपाली पक्षको धारणा छ।

नेपालले उठाउँदै आएको सीमा विवादको विषयमा कुनै सम्झौता नभए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमा समाधानबारे प्रथम पटक बोल्नुलाई प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण मानेको पनि उल्लेख गरिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com