२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

फिल्म ‘द केरला स्टोरी’, ४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अभिनेत्री अदा

काठमाडौं, १९ जेठ ।  फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको सुटिङका बेला निकै गाह्रो किसिमले तयारी गरेकी थिइन् । यहाँसम्म कि उनले सुटिङमा ४० घण्टासम्म पानीको एक घुट्को पनि पिइनन् । अदाले सामाजिक सञ्जालमा ‘द केरला स्टोरी’को सुटिङको समयका केही रोचक तस्वीर सार्वजनिक गरेकी छन् ।

उनले क्याप्सनमा लेखेकी छिन, ‘सनकिस्ड, आफ्टर एण्ड बिफोर फ्राम हेश द केरला स्टोरी…। यस्तो फुटेको ओठको कारण…माइनसन १६ डिग्रीमा ४० घण्टासम्म डिहाइड्रेट गर्नु हेश सनकिस्डमेकअप हेश अदाशर्मा एटदरेट मेकअपबाईश्याम पीएस । लड्ने अभ्यासका लागि गद्दा राखिएको थियो… तर हामीले यसको प्रयोग गरेनौं । घुँडामा र कुहिनामा चोट थियो ।’उनले एक कलाकारका रुपमा यस्तो काम गर्नु खुशीको कुरा भएको बताएकी छन् ।

‘जुन कामले मलाई शारीरिक र मानसिक रुपले अगाडि बढायो । म जति सक्दो आश्वस्त पार्न चाहन्थे । म खानाको सौखिन छु र म आम रुपमा एकदिनमा पाँच लिटर पानी पिउँछु । तर त्यहाँ यो काम मुस्किल थियो,’ उनले भनेकी छन् ।

अदाले अफगानिस्तानको आतंकवादी शिविरबाट भाग्ने चरित्रमा देखिन कै लागि पानीसमेत पिएकी थिइनन् । ‘हामीले माइनस १६ डिग्री र निकै कम अक्सिजनमा कठिन परिस्थितिमा सुटिङ गर्यौ । युनिटका सदस्यले बिरामी परिन्छ भन्दा पनि मैले भोजन र पानी बिना राम्रो किसिमले काम पुरा गरें’, उनले भनेकी छन् । अदाले ‘कमाण्डो’, ‘द गेम अफ गिरगिट’ र ‘टिब्बा’को सुटिङ पुरा गरिसकेकी छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com