२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

रुसद्वारा किभमा क्षेप्यास्त्र आक्रमण : तीनको मृत्यु, १० घाइते

काठमाडौ, १९ जेष्ठ ।  बिहीबार रुसले युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण  गरेको छ । उक्त आक्रमणमा परि कम्तीमा तीन जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन् । गत मे महिनामा कीभमा १७ ड्रोन र मिसाइल हमला गरेको रुसी सेनाले राजधानीमा बिहानै देखि जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार सुरू गरेको थियो।

पछिल्लो आक्रमणमा परेर अपार्टमेन्ट भवन, एउटा मेडिकल क्लिनिक, पानीको पाइपलाइन र कारहरूमा पनि क्षति पुगेको छ।युक्रेनका जनरल स्टाफले रुसी सेनाले गरेको आक्रमणमा प्रयोग गरिएका १० वटा मिसाइललाई भने वायुसेनाले रोकेको बताए। क्षेप्यास्त्रहरूलाई छोटो दूरीको इस्कन्डर क्रुज र ब्यालिस्टिक मिसाइलको रूपमा पहिचान गरिएको थियो।

युक्रेनको वायु रक्षा प्रणाली रुसी ड्रोन र क्षेप्यास्त्रको आक्रमणलाई विफल पार्न थप प्रभावकारी साबित भइरहेको छ । तर, पनि रूसी हतियार भग्नावशेष भवनहरूमा खस्दा तीनजनाले ज्यान गुमाउनु परेको छ । किभमा यसअघि पनि तीन जनाको ज्यान गएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com