२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं, १९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेवाट सुरू हुनेछ । सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्य विभाजन गरिने छ ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्य विभाजन गर्न लागिएको हो । एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com