२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

यस्तो छ आजको तरकारीको मूल्य : महंगो सुकेको खुर्सानी

काठमाडौ, १९ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार प्रतिकेजी ९ रुपैयाँ ६० पैसादेखि ४६५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ ।

सार्बजिनक मूल्यसूची अनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ९ रुपैयाँ ६० पैसा र सबैभन्दा महंगो सकुेको खुर्सानी ४६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, किवि र आभोकाडो प्रतिकेजी ४५० रुपैयाँ, ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा ४५ रुपैयाँ, सानो गोलभेडा (लोकल) १८ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, सानो गोलभेडा (टनेल), तोरीको साग र लाम्चो फर्सी ३५ रुपैयाँ, रातो आलु र मुडेको आलु ४१ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ, गाजर(लोकल) , हरियो लसुन र हरियो खुर्सानी ७५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८५ रुपैयाँ, रातो मूला र तितो करेला ४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, तने बोडी ५५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, टाटे सिमी १४६ रुपैयाँ ६७ पैसा, भटमासकोसा ११६ रुपैयाँ, परवर ८५ रुपैयाँ, घिरौल ५६ रुपैयाँ, भिण्डी ६६ रुपैयाँमा किनबेच भइरहेको छ भने पालूगों, चमसूर, मेथीको साग, सौफको साग र पुदीना ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४६ रुपैयाँ, डल्ले च्याउ २९४ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ चुकुन्दर, ग्याठ कोबी, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा रहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com