२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

आजको विदेशी मुद्राको विनिमय दर, युरोको भाउ १४० नाघ्यो

काठमाडौ, १९ जेष्ठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ५६ पैसा र बिक्री दर १३२ रूपैयाँ १६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रूपैयाँ ८० पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६३ रूपैयाँ ८१ पैसा र बिक्री दर १६४ रूपैयाँ ५५ पैसा तथा क्यानेडियन १ को खरिददर ९६.९८ र बिकी दर ९७.४३ रहेको छ ।यता अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१६ रुपैयाँमा किनबेच भइरहेको छ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा, साउदी रियाल एकको खरिद दर ३५.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५२ रुपैयाँ तथा बिक्री दर २९.६५ रुपैयाँ रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ छ भने बिक्री दर ९०.०१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com