नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम

काठमाडौ, १८ जेठ । आज सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट भाषणपछि भारी गिरावट आएको नेप्से सूचक आज १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।
अघिल्ला दिनको तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक निर्जीवन बिमा उपसूचक १.९३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतल बढेको छ ।
सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर २३ करोड २१ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।