सेयर बजारमा क्रमिक सुधार, ८.१० अंकले बढ्यो नेप्से परिसूचक

साताको कारोबारको दोस्रो दिन आज(सोमबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अंकले बढेर ३५८.८८ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ।
कारोबारको आधारमा आज ७ करोड भन्दा बढीको कारोबार गरी शिभम् सिमेन्टको अग्रिम स्थानमा रहेको छ भने सोल्टी होटल्स र ओरेन्टल होटल्सको दोश्रो स्थानमा रहेका छन्। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्रीन लाइफ हाइड्रोपावर र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।