नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(बिहिबार) मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १२ दशमलव ३५ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीको १२ दशमलव ३५ प्रतिशत बोनश शेयर दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता शेयर सूचिकृत भएको हो । शेयर सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।