हरियाली सेयर बजार, ८५ करोड ७६ लाखमाथिको सेयर कारोबार

साताको कारोबारको चौथो दिन आज(बुधबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अंकले बढेर ३५२.९४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर खरिद बिक्री हुँदा ८५ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ।
कारोबारको आधारमा आज ५ करोड भन्दा बढीको कारोबार गरी शिभम् सिमेन्टको अग्रिम स्थानमा रहेको छ भने नेपाल दूरसंचार कम्पनी र एनआईसी एशिया बैंक दोश्रो स्थानमा रहेका छन्।
आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र इष्टन हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, माई खोला हाइड्रोपावर र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।