२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

१६.९६ अंकले घट्यो नेप्से, ९० करोड ५ लाखमाथिको सेयर कारोबार

साताको कारोबारको पहिलो दिन आज(आइतबार) सेयर बजार घटेको छ। आज नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये व्यापार उपसूचक बाहेक सबै उपसूचक घटेको छ।

कारोबारको आधारमाआज ५ करोड ३५ लाखभन्दा बढीको कारोबार नागरिक लगानी कोषको अग्रिम स्थानमा रहेको छ भने हिमालयन डिस्टिलरी र एनआईसी एशिया बैंक दोश्रो स्थानमा रहेका छन्।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र नागरिक लगानी कोषका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, राष्ट्रिय उत्थान लघुवित्त र दोर्दी खोला जलबिद्युतका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com