२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

राताम्मे सेयर बजार, १९.१२ अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको पहिलो दिन आज(आइतबार) सेयर बजार घटेको छ। आज नेप्से परिसूचक १९.१२ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१४ अंकले घटेर ३५४.७८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा ६० करोड ८१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ।

कारोबारको आधारमा ३ करोडभन्दा बढीको कारोबार गरी शिभम् सिमेन्टको अग्रिम स्थानमा रहेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावर र शिभम् सिमेन्ट दोश्रो स्थानमा रहेका छन्।

आइतबारको कारोबारमा आत्मनिर्भर लघुवित्त र इस्तन हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन् भने एनएमबि ऋणपत्र र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com