बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न गुराँस लाइफ इन्स्योरेन्सको आग्रह (सूचना सहित)

बोनश शेयर वापतको रकम तथा बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै बैशाख ६ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित १३ दशमलव २७१२ प्रतिशत बोनश शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीलाई बुझाउन आग्रह गरेको हो
कम्पनीले सभा प्रयोजनका लागि २०७९ चैत २३ गते बुक क्लोज गरेको थियो त्यसकारण चैत २३ गते भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले सो बोनश शेयर पाउने तथा बोनश शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीहरु स्वयंले नै तिनुपर्ने भएकाले कर बापतको रकम कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर २३९०१०१०००६४८४ तिनकुने शाखामा जम्मा गर्न आग्रह गरेको छ ।
हेर्नुहोस सूचना :