सिटी होटलले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै, कहिले सम्म आवेदन दिन पाइन्छ ?

सिटी होटेल लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। होटलले बैशाख २५ गतेदेखि आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।
होटलले पहिलो चरणको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ। कुल कित्तामध्ये ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आइपीओमा लगानीकर्ताले बैसाख २८ गतेसम्म आवेदन दिन सक्नेछन भने यो अवधिमा पूर्ण आवेदन परेमा जेष्ठ ८ गतेसम्म आवेदन दिन सकिने छ। होटेलको यो आइपीओमा निष्काशन तथा प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले गर्ने छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।