२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

किसान लघुवित्तले ८ हजार ९ सय कित्ता संस्थापक शेयर बिक्री गर्दै

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएकाले संस्थापक सेयर बिक्री गर्ने भएको छ। संस्थाले संस्थाका तीन जना संस्थापक शेयरधनीहरुको कुल ८ हजार ९ सय कित्ता शेयर बिक्रीमा ल्याउने भएको हो।

संस्थापक शेयर खरिद गर्न ईच्छुक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय बुढानीलकण्ड, काठमाडौंमा आवश्यक कागजात संलग्न गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै निवेदन पेश नभएमा अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गरिने जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com