२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

कुमारी बैंकले संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्।

इच्छुक सेयरधनीले काठमाडौँको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।

सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक सेयरधनीहरु कुनै खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com