प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्री हुने भएको छ। बैंकले संस्थापक शेयरधनीहरुको कुल २,१३,०४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लाएको हो।
सरस्वती श्रेष्ठको नाममा रहेको ६१ हजार ७६२ कित्ता, सुरेन्द्र चन्द्र तायलको १ लाख २६ हजार ६०५ कित्ता, पुष्पा कुमारी मैनाली खरेलको ४ हजार ५८५ कित्ता, मनोज प्रधानाङ्गको १३ हजार ३०५ कित्ता र कली खत्रीको ६ हजार ७९१ कित्ता संस्थापक शेयर बिक्री गर्न लाएको बैंकले जनाएको छ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमल, काठमाडौंमा शेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् । बैंकले तोकेको उक्त समयमा पनि शेयर विक्री नभएमा बैंकले अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।