नेपाल रेमिट र कृषि विकास बैंक बीच रेमिट्यान्स् भुक्तानी सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कृषि विकास बैंक लि. बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि विकास बैक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले सझौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानलमार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन् । यसका साथै कृषि विकास बैक लि. सँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. ले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।
डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।
जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।