प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

प्रि-ओपन सेसनमा आज(बुधबार) सेयर बजारमा सामान्य अंकले सुधार आएको छ। नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ।
यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ।
यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ। ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।