२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

मिर्मिरे लघुवित्त र नेरूडे लघुवित्त वित्तीय संस्था मर्जर हुँदै

मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरूडे लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष २०८० सालको वैशाख १० गते मर्जर प्रस्ताव पारित गर्ने भएका छन्। कम्पनीले गत पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको र विशेष साधारण सभामार्फत् मर्जर प्रस्तावलाई स्वीकृति दिन लागेका हुन्।

मर्जर प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय दुबै कम्पनीले गर्नेछन्। हाल नेरूडे लघुवित्तको चुक्तापूँजी ७३ करोड २० लाख कायम भएको छ। त्यस्तै मिर्मिरे लघुवित्तको चुक्तापूँजी पनि हाल ६५ करोड ३३ लाख ८२ हजार कायम भएको छ।

उक्त बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ। समान हैसियतमा मर्जरमा जान लागेकाले दुबै कम्पनी एकिकृत कारोबारपछि चुक्तापूँजी १ अर्ब ३८ करोड ५३ लाख ८२ हजार कायम हुनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com